Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास बैंक चोरी प्रकरण : थप एक जना पक्राउ

काठमाडौं : कृषि विकास बैंक चोरी घटनामा संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाल छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई स्याङ्जाबाटै पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएको थियो ।

काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ । प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ ।

यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्