Logo
२० बैशाख २०८१, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर संविधान दिवस, जनकपुर-बिरगंजमा झन छुट्टै रौनक (फोटोफिचर)

संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । देशभर संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ ।

संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले विशेष समारोह गरेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो ।

टुँडिखेलमा भएको विशेष कार्यक्रममा आतिशबाजी तथा झाँकी प्रदर्शन गरिएको थियो ।

हेर्नुस् तस्विरहरु : 

संविधान दिवसको अवसरमा शुक्रबार तनहुँको दमौलीमा आयोजित ¥यालीमा नेपालको झण्डा सहित सहभागी सर्वसाधारण । तस्वीर: कृष्ण न्यौपाने

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै । तस्वीर: नवीन पौडेल

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा झाँकी प्रस्तुत गरिँदै । तस्वीर : नवीन पौडेल

शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा मार्चपास गर्दै । तस्वीर: नवीन पौडेल
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा सुदुरपश्चिम प्रदेशको हुडकेली नाच प्रस्तुत गर्दै । तस्वीर : नवीन पौडेल
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश १ को साकेला नाँच प्रस्तुत गरिँदै । तस्वीर: नवीन पौडेल
शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश नं २ को झिझिया नाच प्रस्तुत । तस्वीर : ,नवीन पौडेल

संविधान दिवस मूल समारोह समिति प्रदेश नं ५ द्वारा शुक्रबार बुटवलमा आयोजित समारोहमा नेपाली सेनाले प्रदर्शन गरेको झाँकी । तस्वीरः भरत केसी
संविधान दिवस मूल समारोह समिति प्रदेश नं ५ द्वारा शुक्रबार बुटवलमा आयोजित समारोहमा थारु समुदायले प्रदर्शन गरेको झाँकी । तस्वीरः भरत केसी
शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुुनमन्त्री प्रकाशबहादुर शाह । तस्वीरः तिलकराज ओझा
शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा भुँव नृत्य प्रस्तुत गर्दै बजुरेली समाज अत्तरियाका कलाकार । तस्बिरः तिलकराज ओझा

संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जनकपुरमा निकालिएको प्रभातफेरी । तस्वीर : अजयकुमार साह
शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा संविधानका विषयवस्तु समेटी नाटक प्रस्तुत गर्दै कलाकार । तस्वीरः तिलकराज ओझा
संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जनकपुरमा निकालिएको प्रभातफेरी । तस्वीर : अजयकुमार साह

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार महोत्तरीको वर्दिवासमा निकालिएको प्रभातफेरिमा स्थानिय । तस्वीरः अजयकुमार साह
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार महोत्तरीको वर्दिवासमा निकालिएको प्रभातफेरिमा विद्यार्थी, कर्मचारी र स्थानिय । तस्वीरः अजयकुमार साह
संविधान दिवसका अवसरमा शुक्रबार बाजुराको सदरमुकाम मार्तडीमा जिल्ला मूल समारोह समितिद्वारा आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्वीर: प्रेम रौले
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजविराजमा निकालिएको प्रभातफेरिमा स्थनीय । तस्वीरः अरुण कुमार यादव
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार वीरगन्जमा निकालिएको प्रभातफेरि । तस्वीरः बिजय कुमार महतो
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई शुक्रबार संविधान दिवस–२०७बmउस६ का अवसरमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै । । तस्वीरः मनोज दाहाल

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्