Logo
१५ बैशाख २०८१, शनिबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुलो बाढी आउने संभावना : आज र भोलि नदी तटीय क्षेत्रमा उच्च सतर्कता

आज र भोलि कोसी समेत देशको बिभिन्न नदी तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सचेत गराइएको छ । लगातार वर्षा हुने भएकाले आज (मंगलबार) र भोलि (बुधबार) विभिन्न प्रदेश अन्तरगतका नदीमा बहावले सतर्कता तह पार गर्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन चेतावनी दिइएको छ ।

कोसी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, आरूण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत मकवानपुर बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलबस्तु तथा दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान मशाशाखाले चेतावनी दिएको हो ।

‘कोशी नदी चतरामा जलसतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेकाले प्रदेश १ स्थित सुनसरी र प्रदेश २ स्थित सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा मंगलबार बेलुकी सम्मै उच्च सतर्कता अपनाउनुहोला’, महाशाखाले सूचना जारी गरेर भनेको छ ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्