Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामखुट्टे धपाउन बालिएको घुरमा आगलागी हुदाँ ८ वटा चौपायाको जलेर मृत्यु

सांकेतिक तस्बिर

विरगञ्ज : पर्साको पोखरिया नगरपालिकामा भएको आगलागीमा ८ वटा चौपायाको जलेर मृत्यु भएको छ । बिहीबार साँझ गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक आगलागी भएको हो ।

पोखरिया नगरपालिका वडा नम्बर १० शिव बर्वा बस्ने रामपृत राउत कुर्मिको खरले छाएको फुसको गोठमा आगो लागेको थियो । आगलागीले गोठमा बाँधेर राखिएको रहेको २ वटा भैसीको पाडि, एउटा पाडो, एउटा भैंसी, २ वटा खसी र २ वटा बाख्रा मरेका हुन् । उक्त आगलागीबाट साढे ३ लाख बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्