Logo
६ जेष्ठ २०८१, आईतबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृत्यु

रौतहट :  प्रदेश २ स्थित रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरहामा ३ जना बालिकाको डुबेर मृत्यु भएको छ । बिहीबार साँझ इशनाथ नगरपालिका वाड नं. १ मा रहेको धान खेतसंगै को खाल्डोमा माछा मार्न गएका ३ बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही गाउँ निवासी बृजनन्दन यादवको १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साह को ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए ।

खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनीहरु साझसम्म पनि घर नफर्किए पछि अभिभावकले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्