Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपरिचित व्यक्तिको समूहद्वारा वृद्धको हत्या

जनकपुरधाम : अपरिचित व्यक्तिको समूहद्वारा धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वृद्वको छुरा प्रहार गरी हत्या भएको छ ।

मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिको समूहले गरेको छुरा प्रहारबाट मिथिला बिहारी नगरपालिका-९, कटरैतका रामवरण शर्माको ज्यान गएको हो ।

शर्मा आइतबार राति तारापट्टि बजारबाट आफ्नो घरतर्फ जाँदै गर्दा छुरा प्रहारको शिकार भएका हुन् । उनीमाथि राति ८ः३० बजेतिर मिथिला बिहारी नगरपालिका ८ कचुरी सडक खण्डमा छुरा प्रहार भएको हो ।

घाँटीमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते ६५ वर्षीय उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्