Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमतीलाई स्वास्थ्यलाभको कामना गर्दै बाबुरामले शेयर गरे यस्तो तस्बिर

काठमाडौँ :  समाजवादी पार्टीकी नेतृ हिसिला यमीको आइतबार स्कुटर दुर्घटना भएको छ । ललितपुरको ग्वार्कोमा भएको घटनामा यमी घाइते भएकी हुन् ।

पार्टी कार्यालयमा आयोजित बैठकमा सहभागी हुन जाँदै गर्दा उनी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएको थियो । यमीको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले उनको अवस्था सामान्य रहेकोे बताएका छन् । ठक्कर दिने मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलाको स्वास्थ्यलाभको कामना गर्दै फेसबुकमा दुवैजना नाच्दै गरेको तस्बिर शेयर गरेका छन् ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्