Logo
३ जेष्ठ २०८१, बिहीबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक प्रहरीका असई घुससहित अख्तियारको फन्दामा

सिन्धुली : सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

ट्राफिक जाँचका क्रममा काठमाडौँबाट पूर्वतर्फ गईरहेका सवारी साधानबाट घुस लिँदै गर्दा शनिबार सांझ उनलाई उनलाई पक्राउ गरेको हो ।
माझीलाई घुस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले घुस लिँदै गरेका माझीलाई १० हजार रकमसहित शनिबार साँझ ६ बजे पक्राउ गरेको थियो ।

विपी राजमार्ग अन्तर्गतको नेपालथोकमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले पूर्व्ितर जाने पाँच वटा गाडीबाट दुई हजार रुपियाँको दरले रकम उठाएको पाइएपछि उक्त रकमसहित माझीलाई अख्तियारले पक्राउ गरेको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्