Logo
२३ बैशाख २०८१, आईतबार
(August 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसान र उद्योगीको मागअनुरुप दूधको मूल्य बढ्दै, भदौ १ गतेदेखि लागू हुने

काठमाडौँ :  कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप ३ वर्षपछि दूधको मूल्य बढ्ने भएको छ । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।

दूधको उत्पादन लागत बढेपछि केन्द्रीय दूग्ध सहकारी संघले दूधको मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । दूधको मूल्यवृद्धिको माग दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि गर्दै आएका छन् ।

‘उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,’ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने,‘मूल्य बढाउनुको विकल्पै छैन, साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं । उनले कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दौ मूल्यवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

 

प्रकाशित मिति: Aug 12, 2019

प्रतिक्रिया दिनुहोस्