Logo
५ जेष्ठ २०८१, शनिबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो तर सत्य : बेलुका रोएर पनि घटाउन सकिन्छ तौल

मानिसहरुले मोटोपना घटाउन विभिन्न तरिका अपनाइरहेका हुन्छन । त्यति गर्दा नि कतिको प्रयास सफल रहन्छ त कतिको विफल । मोटोपन घटाउन यति नै इच्छुक हुनुहुन्छ भने तपाइका लागि खुशीको खबर छ । सुन्दा अचम्म लाग्न सक्छ तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने खुलासा भएको छ ।

एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ । दोस्रो, स्ट्रेस लेभल बढेपछि जब हामी रुन्छौं तब आँसुमार्फत् विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने जुन तौल बढ्नका लागि जिम्मेवार हुन्छ ।

शोधमा पत्ता लागेअनुसार जसको आँसु निकै मुस्किलले झर्छ उनीहरुका लागि तौल घटना निकै मुश्किल पर्ने गर्छ । अर्को एउटा रोचक कुरा के हो भने रोएको नाटक गर्ने मानिसको पनि तौल कम हुँदैन ।

शोधमा दिएको जानकारी अनुसार मानिसका ३ प्रकारका आँसु झर्छन् – बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु धेरैजसो खुसीका कारण झर्ने गर्छ जबकी रिफ्लेक्स आँसु चुरोटको धुँवा वा प्रदुषणका कारण निस्कने गर्छ । साइकिक आँसु भने मानिसहरुले भावनामा बगेपछि झार्ने गर्छन् र यही आँसु झरेको खण्डमा मात्रै तौल कम हुन्छ ।

मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुने भनिएको बेलुका ७ बजेदेखि राती १० बजेको बीचको समयलाई मानिन्छ । तसर्थ यसबीचको समयमा रुँदा तौल तीव्र रुपमा घट्ने गरेको बताइएको छ । रुँदा मानिसहरुको शरीरमा भएको क्यालोरी तीब्र रुपमा बर्न हुने जानकारी यसअघि पनि प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्