Logo
५ जेष्ठ २०८१, शनिबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निद्रा लाग्दैन भनी चिन्तित हुनुहुन्छ भने अपनाउनुहोस् यी सरल उपाय

मनिसहरुलाई विभिन्न समस्याले घेरिरहखेको हुन्छ । यी समस्याहरुमध्ये एक हो – अनिद्रा । निद्रा नपुग्नाले मान्छे दिनभरी थाकेकोजस्तै अनुभव गर्छ जसका कारण काममा ध्यान दिन सक्दैन ।

तसर्थ निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्य समस्याको सिकार भइन्छ । यसका साथै दिनभर जाँगरिलो महसुस गर्न पस्र्ण निन्द्रा लिन त्यति नै आवश्या रहन्छ ।

निद्रा नलाग्नुको कारण यसप्रकार छन् :

१. जीवनशैली तनावपूर्ण भएमा ।
२. काममा बढी चाप भएमा ।
३. राति ढिलोसम्म जागा रहेमा ।
४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा ।
५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा ।
६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ ।
७. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु ।

यी हुन् निद्रा लगाउने सजिलो उपाय :

१. राति निश्चित समयमा सुत्ने बानी बसाल्ने ।
२. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने ।
३. सक्रिय जीवनशैली अपनाउने ।
४. सकारात्मक सोच राख्ने ।
५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने ।
६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर पानी पिउने ।
७. रक्सी र धूम्रपानको सेवन नगर्ने ।
८. कुनै पुस्तक पढ्ने वा संगीत सुन्ने ।
९. योग, प्राणायाम र ध्यान गर्ने बानी बसाल्ने ।
१०. सुत्नुभन्दा पहिले ग्रिन टी पिउने ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्