Logo
१६ बैशाख २०८१, आईतबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पले गरे इरानमाथि नयाँ प्रतिबन्धको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ प्रतिबन्धको घोषणा गरेका छन्। नयाँ प्रतिबन्धको सूचीमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खुमेनी पनि परेका छन्। इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै ट्रम्पले खुमेनीलाई प्रतिबन्धको सूचीमा राख्नु अत्यधिक जरुरी रहेको बताएका थिए ।

प्रतिबन्ध लगाउनुको कारण इरानले अमेरिकी ड्रोन खसाल्नु लगायतका अन्य कारण रहेको ट्रम्पले बताएका छन्। ह्वाइटहाउसमा मंगलबार पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले भने, ’इरानका सर्वोच्च नेता उनको शासन सत्ताले गर्ने सबै कामका लागि जिम्मेदार छन् । उनलाई इरानमा अत्यधिक सम्मान दिइन्छ। उनको अन्तर्गत सबैभन्दा खतरानाक चिज आउछन्। त्यसमा इस्लामिक रिभोल्यूसनरी गार्ड्स को सेना पनि हो।

उक्त प्रतिबन्धलाई इरानका विदेशमन्त्री जावेद जरीफले सामाजिक संजाल ट्विटरमा अमेरिकाको घृणित कूटनीति बताएका छन्। उनले लेखेका छन्- ट्रम्पलाई युद्धको प्यास छ।

यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता, उनको भवन र उनीसँग सम्बन्ध राख्ने सबै व्यक्तिलाई कुनै पनि प्रकारको आर्थिक सहयोगबाट वञ्चित रहनेछन् ।’ अमेरिकी प्रतिबन्धलाई इरानले भने युद्धको उन्मादको संज्ञा दिएको छ। इरानले युद्धतर्फ अमेरिकाको अर्को कदम बताएको छ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्