Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को प्रभाव आज नेपालमा पनि पर्ने

काठमाण्डौं : छिमेकी देश भारत स्थित गुजरात राज्य तथा आसपासका क्षेत्रमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज (बिहीबार) नेपालमा पनि पर्ने देखिएको छ ।

काठमाण्डौ स्थित जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार भारतमा देखिएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव नेपालमा पनि पर्ने भएको हो ।

महाशाखाकी मौसमविद मञ्जु बासीले चक्रवाती तूफान ‘वायु’ का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने जानकारी दिइन् ।

तर नेपालमा त्यसको बलियो प्रभाव भने नपर्ने नागरिक टाइम्ससँगको कुराकानीमा उनले बताइन् । यस्तै मुलुकका अधिकांश स्थानमा बिहीबार हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने मौसमविद बासीले जानकारी दिइन् । पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुने मौसमविद बासीको भनाई छ ।

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्