Logo
१९ बैशाख २०८१, बुधबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लखनखेलमा नगद र चोरी गर्न प्रयोग हुने सामाग्रीसहित ४ जना पक्राउ

काठमाडौं : प्रहरीले गएराति चोरी गरी फरार हुँदै गरेका चार जनालाई नगद र चोरी गर्न प्रयोग हुने सामाग्रीसहित पक्राउ गरेको छ । सोमबार राति २ बजे लगनखेलको स्प्रिट सर्भिस प्रा।लि। तोडफोड गरी भाग्दै गरेका ४ जनालाई चेकजाँचको क्रममा महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर गाईघाट स्थायी घर भइ ग्वार्को बस्दै आएका २८ वर्षीय शमशेर माझी, दोलखा स्थायी घर भई हाल बालकुमारी बस्ने सुरेश तामाङ, शंकमुल बस्ने रामेछाप स्थायी घर भएका रुपेश भन्ने रुपलाल श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट विभिन्न देशका नगदसहित ३९ हजार नगद पक्राउ गरेको छ । जसमा १०० वटा नोट च्यातिएका छन् भने ३९ हजार नगद नच्यातिएको रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट फलामे रड २ वटा, विदेशी डलर १ रुपैयाँको ७ वटा, ३ वटा मोटरसाइकल र विभिन्न देशका रकम बरामद भएको छ । साथै, औँठा छाप नदेखियोस् भनेर उनीहरुले प्रयोग गरेको पञ्जा र केही थान गरगहना पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यसअघि पनि उनीहरुले विभिन्न ठाउँमा चोरी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । उनीहरुले यसअघि लुबुमा ६० हजार नगद र डेढ तोला सुन, वनेपाबाट ६० हजार नगद, लेलेबाट १ तोला सुन र ४० हजार नगद र हात्तिवनको होलसेलबाटबाट ९० हजार नगद चोरी गरेका थिए । पक्राउ परेकाहरु पटके चोर भएको र पटक–पटक पक्राउ पर्दै छुट्दै गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्