Logo
२० बैशाख २०८१, बिहीबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुको चाप कम भएसँगै जापान उडान पुन: सर्यो

नेपाल वायुसेवा निगमले जापान उडानमा पर्याप्त यात्रु नपाएपछि उडान सारेको छ । असार र साउन जापानका लागि अफ सिजन रहेको र यात्रुको चाप कम भएसँगै निगमको जापान उडान फेरि सेरेको छ।

असार १९ बाट जापानको ओसाका उडान गर्ने गरी तयारी थालेको निगमले यात्रुको अभाव भएसँगै उडानतालिका पर सारेको छ। पर्यटकीय सिजन शुरू भएसँगै उडान गर्ने योजना रहेको छ।

साउनको अन्तिम वा भदौको शुरूतिर उडान गर्ने गरी आन्तरिक तयारी थालिएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए। हालका बुकिङ हेर्दा जुलाइमा करिब १ दर्जनमात्र हवाई टिकट बुक भएका छन्। यता अगस्टमा भने राम्रो रहेको छ। यसकारणले पनि हामीले अगस्ट वा सेप्टेम्बरमा उडान गर्ने योजना रहेको कोइरालाको भनाइ छ।

वाइडबडी विमान एयर बस ३३०-२०० खरिदको एक वर्षपछि जापान उडान गर्ने तयारी गरेको निगमको तालिका परिवर्तन गर्नुपरेको छ। निगमले नयाँ २ वटा एयरबस ३३०-२०० वाइडबडी विमान गत वर्ष आयात गरेको थियो।

विमानस्थलबाट ओसाकास्थित कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ वटा उडान (मंगलबार, बिहीबार र शनिबार) भर्ने तालिका थियो । २ सय ७४ सिट क्षमताको एयरबस ३३०-२०० मा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लासका सिट रहेका छन् ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्