Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋतिक र टाइगर एकसाथ काम गर्दै, फिल्मको नाम लगभग निश्चित

बलिउडमा कुनै पनि चर्चित २ नायकहरु एकसाथ पर्दामा आउँछन् भने त्यसले चर्चा नकमाउने त कुरै भएन । यतिबेला यस्तै २ नायक एकाएक चर्चामा आएका छन् । ती नायक हुन ऋतिक रोसन र टाइगर श्रफ ।

एक्सन र डान्समा दुबैमा माहिर यी नायकहरु एकसाथ फिल्ममा काम गर्दैछन् । त्यसैले उनीहरुको यस फिल्मको चर्चा र प्रतिक्षा दुबै छ । ऋतिक एक्सनमा भन्दा डान्समा माहिर छन् भने टाइगर दुबैमा माहिर । कम समयमा एक्सन र डान्सकै बलबुतामा नेम र फेम कमाएका टाइगरको क्रेज दर्शकमाझ निकै लोभलाग्दो छ ।

रोचक कुरा त के छ भने टाइगर ऋतिकको ठुलो फ्यान हुन त्यसैले ऋतिकसंग काम गर्न पाउदा उनको खुसी बढि देखिएको छ जबकी टाइगरको एक्सन र स्टण्टका कारण ऋतिकलाई चुनौती पनि थपिएको छ । हालसम्म यस फिल्मको नाम तय भएको छैन तर भारतीय मिडियाले दाबीका साथ उक्त फिल्मको नाम फाइटर्स राखिएको बताएका छन् ।

फिल्ममा उनीहरु एक अर्काको फाइटर्सको रुपमा देखिने छन् । फिल्ममा वाणी कपुर फाईनल भएकी छिन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् जसले यसअघि को निर्देशन गरिसकेका छन् ।

यसराज व्यानरमा निर्माण हुन लागिरहेको यो फिल्म पुर्णतय एक्सन प्रदान हुनेछ । फिल्ममा ऋतिक र टाइगरबीच खतरनाक केमेष्ट्री देख्न सकिनेछ ।

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्