Logo
२० बैशाख २०८१, बिहीबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलको मूल्य घट्‍यो, अन्यको मूल्य यथावत

काठमाडौं : नेपाल आयल निगमले आज मध्ये रातबाट लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ घटाइएको छ। जसअनुसार अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुरुप समायोजन गरिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक मर्मतसम्भारको प्रयोजनार्थ पेट्रोलियम पदार्थबाट प्रतिलिटर एक रुपैयाँ कर उठाउने निर्णय लिएसँगै जेठ १५ गते आयल निगमले मूल्य बढाएको थियो।

मूल्य समायोजनपछि हुने पाक्षिक नाफा भने निगमले सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्