Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजेटमाथिको छलफलको क्रममा पूर्वअर्थमन्त्री पौडेल र कार्कीबीच जुहारी (भिडियो)

काठमाडौँ : आर्थिक वर्ष २०७६/७७ का लागि अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको बजेटमाथि सोमबार पनि छलफल चलिरहेको छ । आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने विपक्षी सांसदहरुले खरो आलोचना गरेका छन् ।

सत्तारुढ नेकपाका महासचिवसमेत रहेको पूर्व अर्थमन्त्री विष्णु पौडेलले नीति कार्यक्रममा आधारित भएर बजेट आएको र यसले समृद्धिको आधार तयार पार्ने दाबी गरे । ‘राष्टिय पुँजीको निर्माण गर्न बजेट केन्द्रित छ । जलविद्युत्, सिँचाइ, सडक जस्ता पूर्वाधारमा सन्तुलित ढंगले बजेट विनियोजन गरिएको छ । यसले समृद्धिको आधार खडा गर्ने विश्वास मैले लिएको छु’, पौडेलले सदनमा भने ।

उनले हुलाकी, मध्यपहाडी पुष्पलाल मार्ग, उत्तरदक्षिण जोड्ने सडक, विमानस्थल जस्ता पूर्वाधार निर्माणमा बजेट केन्द्रित भएको उल्लेख गरे । बजेटले गतिशिल अर्थतन्त्र निर्माणमा सहयोग गर्ने दाबी गर्दै पौडेलले भने, ‘शिक्षा स्वास्थ्य जस्ता विषयमा बजेटले ध्यान पुर्याएको छ । नागरिककाका आधारभुत आवश्यकता पूरा गर्ने उद्देश्यल बजेट आएको छ । कोही भोकै पर्दैन, कोही भोकै मर्दैन भन्ने मान्यतामा आधारित छ । स्वास्थ्य बिमामा धेरैलाई समेट्न खोज्न सकिएको छ ।’

उनले सामाजिक सुरक्षाभक्ता विचरणलाई औपचारिक रुपले बेठीक हो भन्न प्रतिपक्षी कांग्रेसलाई चुनौति दिए । बजेट वितरणमुखी भएको भन्दै कांग्रेसले आलोचना गरेपछि उनले सामाजिक उत्तरदायित्वबाट सरकार पर जान नसक्ने उल्लेख गरे । पूर्वअर्थमन्त्री पौडेलले बजेट समाजवाद उन्मुख भए पनि कार्यान्वयनमा चुनौतीसमेत रहेका स्वीकार गरे । प्रतिपक्षले समेत सहयोग गरे बजेट कार्यान्वयन गर्न सहज हुने भएकाले त्यसका लागि उनले आह्वान गरे ।

पूर्वअर्थमन्त्री समेत रहेका विपक्षी कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले बजेट वितरणमुखी र परिणाम हिन भएको भन्दै आलोचना गरे । ‘बजेटमा निर्धारण गरिएका लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्ने प्रश्न सबै सामु छ । नाराले मात्र लक्ष्य पूरा हुँदैन । हिमाल पहाड तराई जहाँ बस्ने नागरिकलाई पनि यसले उत्साह दिन सक्दैन । यो बजेट आफैमा भ्रमपूर्ण, प्रचारमुखी छु’, कार्कीले भने ।

उनले बजेटले समृद्धि नल्याउने जिकिर गरे । ‘समस्यालाई समाधान गर्न ठू्लो अठोट चाहिन्छ । त्यो अठोट बजेटमा छैन । व्यापार घाटालाई न्युनिकरण गर्ने योजना खोइ ? कार्कीले प्रश्न गरे । त्यस्तै राजपाका सांसद महिन्द्रराय यादवले बजेट वितचरणमुखी भएको उल्लेख गरे ।

बजेटमाथिको छलफलमा भाग लिँदै यादवले भने, ‘बजेटले संघीयताको भावनालाई स्वीकार गरेको छैन । प्रदेश र स्थानीय तहको बजेट ३४ प्रतिशतबाट ३० मा झारिएको छ । यो संघीयता विरोधी कमद हो कि होइन ?’

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्