Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाहुरीबाट प्रदेश २ मा व्यापक क्षति : धनुषामा एक महिलाको ज्यान गयो

बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले सप्तरीको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकाका गरी करिब तीन दर्जन भन्दा बढीको घरको छाना उडाएका छन भने आधा दर्जन भन्दा बढी कुखुरा फर्ममा व्यापक क्षती पुगेको छ ।

हावाहुरीले खडक नगरपालिका ११ लालपुरमा मिस्टर साहको तीन घरको जस्ताको छाना उडाएर लगेका छन । उहाँले सञ्चालन गरेको कुखुरा फर्मको छाना उडाउनुकोसाथै एक हजार ब्रोइलर कुखुरा र एक हजार चल्ला समेत हावामा उडेको पीडितले बताइएको छ । त्यस्तै अनिल साहको दुई वटा कुखुरा फर्मको छाना उडाएर करिब तीन सय मिटर टाढा पु¥याएका छन भने फर्ममा रहेको पाँच सय चल्ला समेत हावाहुरीले उडाएर लगेको बताइएको छ । उक्त स्थानमा शिबु साहको दुई वटा कुखुरा फर्मको छाना र सात सय चल्ला हावाले उडाएको उहाँले जानकारी दिनुभयो ।

सोही वार्डका लखन रामको तीन घर, देबु साहको दुई, छोटु मण्डलको दुई, श्रवण साहको एक, दानावती देवीको दुई, अरुणकुमार साहको एक घर र एक पसलको जस्ताको छाना उडाएका छन् । त्यसैगरी हरेराम साहको दुई, बिनोद साहको एक, रेशमलाल रामको एक, नारायण रामको एक, शंकर रामको एक घरको छाना उडाएका छन् ।

त्यसैगरी जिल्लाको बोदेबरसाईन नगरपालिका ५ बरसाइन बजार स्थित राजकुमार यादव भनिने बिरेन्द्र यादवको दोश्रो तल्लामा भएको जस्ताको छाना उडाएर ढाढा पु¥याएको छ । उहाँको गोदाम, झागिर मियाँ लगायतले विभिन्न पसलको छाना उडाएका छन । बोदेबरसाइन नगरपालिका १० अमरैयामा बेचु साह, पवन साह, रोशन साह लगायत एक दर्जन बढी घरमा क्षति पुगेको छ ।

हावाहुरीले घर भत्काउदा, छाना उडाउदा दुई/तीन घर परिवारलाई खुल्ला आकाशमुनी बास बस्नु पर्ने अवस्था छ । खडक नगरपालिका ११ लालपुरका लखन रामको तीन वटै घरमा भएको अलबेस्टरको छाना उडाएर आँगनभरी यत्रतत्र टुक्राहरु छन । राती हावाहुरी चलिरहेको थियो, उहाँले भन्नुभयो, विजुली बत्तीपनि गयो । चारैतिर अन्ध्यारो नै भयो ।

घरको अबलेस्टर, बालो चुडिरहदा क्र्याकक्रुक आवाज निस्किन्थ्यो । केही टुक्राहरु जीउमै बजारे, चोट पनि लाग्यो । अब अहिले पैसा छैन, कहाँबाट छाना हाल्ने । अहिलेसम्म न वार्ड अध्यक्ष, न नगरप्रमुख, न प्रहरी हेर्न आएको छ । बोदेबरसाइन नगरपालिका ७ बरसाइन टोल बस्ने विर्जु मंडल, चन्देश्वरप्रसाद यादव, विरेन्द्रप्रसाद साह, संजिव मंडल, दिलिप यादवको घरको जस्ता एलबेस्टरको छाना उडाएको छ । यस्तै वार्ड नं. ६ का श्रवन साह, राधादेवि साह, सुर्यनारायण साह, निरसि देवि रायको घरको जस्ता छानामा क्षति गरेको छ ।

हावाहुरीले रुपनी गाउँपालिका ५ बिसपिट्टिका शिव नारायण खङ्ग, महदेवा गाउँपालिका १ पकरीका शिवनारायण यादवको जस्ताले छाएको गाईगोठ पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाइन, रुपनी र महदेवामा हावाहुरीले कूल सात लाख बराबरको क्षति पुगेको छ ।

यता जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हावाहुरीले जिल्लाको पश्चिम दक्षिण भेगमा व्यापक क्षति भएको जानकारीमा आएको बताउँदै सम्बद्ध स्थानीय तह र प्रहरीलाई विवरण संकलनको साथै बस्तुस्थिति बुझ्न भनेको बताउनुभयो । क्षतिको विवरण तथा वस्तुस्थिति के कस्तो छ, पूरा जानकारी आएपछि मात्र निर्दे्शिकाले तोकेबमोजिम राहतको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो ।

धनुषामा एक महिलाको ज्यान गयो

यसैबीच वर्षासंगै आएको हावाहुरीले घरको छाना उडाउँदा धनुषामा एक महिलाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हावाहुरीबाट सोही घरकी ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी छिन् । घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्