Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुषमा स्वराजले जिम्मेवारी नलिएपछि पूर्व विदेशसचिव एस जयशंकर बने क्याबिनेट मन्त्री

छिमेकी देश भारतका पूर्व विदेश सचिव एस जयशंकरले मोदी मन्त्रिमण्डलमा क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। विदेशमन्त्री सुषमा स्वराजले जिम्मेवारी नलिएपछि जयशंकरले सम्भवत: विदेश मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

नेपालमा संविधान जारी हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा नेपाल आएका तत्कालीन भारतीय विदेशसचिव एस जयशंकरले निर्धारित समयमा संविधान जारी नगर्न र मधेसी समुदायको सहमति लिन नेपालका प्रमुख नेताहरुलाई आग्रह गरेका थिए।

यद्यपि सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाललगायतले जयशंकरको प्रस्ताव अस्वीकार गरेका थिए। उनलाई भारतमा चिनीया विज्ञका रुपमा चिनिएका छन् । उनी लामो समय चिन र अमेरिका को राजदूत समेत रहेका छन् भने प्रधानमन्त्री मोदीको विश्वासपात्र मानिन्छन् ।

 

 

 

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्