Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजीलको जेलमा कैदीबीच झडप, १५ जनाको मृत्यु

रियो द जेनेरियो :  उत्तरी ब्राजीलको एमेजोनस राज्यको एक जेलमा कैदीहरुबीच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । राज्यको राजधानी मनोसबाट करिब २८ किलोमिटरको दुरीमा रहेको जेलमा आइतबार पूर्वाह्न ११ बजे हिंसा सुरु भएको थियो ।

कर्नेल मार्कोस विनिसियस अलमिदाले बताएअनुसार कैदीबीच लडाइ भयो र यही क्रममा १५ जनाको ज्यान गयो । तर के कारणले झडप भएको हो भनेर अहिलेसम्म खुलेको छैन ।

ब्राजिलमा योभन्दा पहिला २०१७ को जनवरीमा पनि कैदीले बिद्रोह गर्दा ५६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्