Logo
२ जेष्ठ २०८१, बुधबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदी अब रहेनन् “चौकीदार”, आफ्नो ट्‍विटरबाट हटाए यी शब्द

नयाँ दिल्ली :   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्‍विटर ह्यान्डलबाट चौकीदार शब्द हटाएका छन् ।

चुनावी प्रचारका क्रममा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले चौकीदार चोर हुन् भनेपछि प्रधानमन्त्री मोदीले आफ्नो ट्विटर ह्यान्डलको नाम परिवर्तन गरेर चौकिदार नरेन्द्र मोदी राखेका थिए । उनीसँगै सत्तारुढ दलका अधिकांश मन्त्री तथा नेताले नामको अगाडि चौकीदार शब्द थपेका थिए ।

प्रधानमन्त्री मोदीले बिहीबार उनको पार्टी भारतीय जनता पार्टीले भारती बहुमतका साथ जित्ने निश्चित भएसँगै ट्विटर ह्यान्डलबाट चौकीदार शब्द हटाएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्, अब चौकीदार भावना स्तरबाट जाने समय आएको छ । यस भावनालाई हरसमय जीवित राखेर भारतको प्रगतिको लागि काम गर्दै रहन्छु । उनले थप भनेका छन्, चौकीदार शब्द मेरो ट्विटरबाट हट्दै छ । तर, चौकिदार मेरो अभिन्‍न भाग बनेर रहनेछ । तपाईं सबैलाई यस्तै गर्न आग्रह गर्दछु ।

५४२ सिटका लागि सात चरणमा भएको निर्वाचनमा मोदीको दल ३४७ स्थानमा अघि छ भने विपक्षी कांग्रेस ८६ स्थानमा अगाडि छ । मोदीले १६ औं लोकसभाको विघटन गर्नका लागि शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । विभिन्न स्थानमा भाजपा नेता कार्यकर्ताले विजय र्‍याली निकालीरहेका छन् ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्