Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बानेश्वरको ‘आइप्लेक्स मल’ अब छिट्टै सञ्चालनमा आउने

काठमाडौं :  हाल काठमाडौंमा सञ्चालन रहेका मलहरुको तुलनामा अझ बढी सुविधा तथा पूर्वाधारसहित नयाँ बानेश्वरमा आइप्लेक्स मल नामको व्यापारिक कम्प्लेक्स तयार भएको छ ।

उक्त मलमा ५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसल, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त दुईवटा सिनेमा हल, स्वादिला र स्वच्छ खानाको फुडकोर्ट, युवा र किशोरकिशोरीलाई मनोरञ्जन दिने “इमेन्ट जोन, कफी बार जस्ता सुविधा छन्। यो मल एक महिनाभित्रै सञ्चालनमा आउने बताइएको छ ।

विशेष गरी काठमाडौंवासीको रहनसहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता व्यापारिक मल सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ। मनोरञ्जन, खानादेखि देैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरु बढ्दै जान्छन् उति नै सर्वसाधारण उपभोक्ता यसबाट लाभान्वित भइरहेका छन्।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्