Logo
१६ बैशाख २०८१, आईतबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट फर्केपछि राष्ट्रपतिको भब्य स्वागत, प्रधानमन्त्रीदेखि उपराष्ट्रपतिसम्म एर्यपोर्टमा (फोटोफिचर)

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार स्वदेश फर्केकी छन् । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भब्य स्वगत गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विमानस्थलमै पुगेर उनको स्वागत गरेका हुन् । तस्वीर ः प्रदीपराज वन्त, रासस

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधवार काठमाडौँमा आईपुग्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सभामुख कृष्ण बहादुर महरा साथमा उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली लगायत । तस्वीर : प्रदीपराज वन्त

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधवार ल्हासाबाट काठमाडौँतर्फ प्रस्थान गर्दै । तस्वीर : सुरेन्द्र बहादुर नेपाली, ल्हासा
राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधवार ल्हासाबाट काठमाडौँ प्रस्थान गर्ने क्रममा ल्हासामा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले विदाइ भेटगर्दै । तस्वीर : सुरेन्द्र बहादुर नेपाली

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्