Logo
१६ बैशाख २०८१, आईतबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ल्हासामा महावाणिज्य दूतावास : मुख्यमन्त्री पौडेल सहित परराष्ट्रमन्त्री ज्ञवालीद्वारा निरीक्षण

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो ।

मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणिज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गर्नुभयो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणी पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहनुभएको थियो ।

तस्वीर: सुरेन्द्रबहादुर नेपाली

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्