Logo
१७ बैशाख २०८१, सोमबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘होली वाइन’ कूटनीतिको निरन्तरता : सहभागी हुन प्रधानमन्त्री ओली कम्बोडिया र भियतनाम जाने

काठमाडौँ : प्रधानमन्त्री केपी ओली विवादास्पद ‘यूनिफिकेशन चर्च’ का केही कार्यक्रम लगायतमा सहभागी हुन वैशाख २१ गते देखि कम्बाेडिया प्रस्थान गर्दैछन्।

‘होली वाइन’ कुटनीतिलाई प्रोत्साहन गरेको आरोप खेपेका प्रधानमन्त्री ओली कम्वोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

गत मंसिर महिनामा नेपालमा ‘यूनिफिकेशन चर्च’ को मातृ संगठन ‘युनिभर्सल पीस फाउण्डेशन’ र ओली सरकारको सह-आयोजनामा भएको ‘एशिया-प्यासिफिक पीस समिट’ मा सहमागी हुन आएका कम्वोडियाका प्रधानमन्त्री हुन सेनको नेपाल आएका थिए । भियतनामका बौद्धमार्गीहरुले अत्यन्त महत्वपूर्ण मान्ने ‘वैशाखी’ पर्वमा प्रधानमन्त्री ओली सहभागि हुने कार्यक्रम छ ।

यूनिफिकेशन चर्च अन्तर्गतको ‘इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीज्’ र ‘इन्टरनेशनल एसोसियशन अफ पार्लियोमेन्टरियन्स फर पिस’ का कार्यक्रममा सहभागि भई प्रधामन्त्री ओली कम्बाेडियाबाट भियतनाम हुँदै वैशाख २६ मा नेपाल फर्किने कार्यक्रम छ।

एशिया प्यासिफिक समिटको सहआयोजक बन्नुका साथै हुन सेन लगायतलाई सहभागिताका लागि नेपाल सरकारले पत्राचार गरेको र सम्मेलनका लागि राज्य ढुकुटीबाट ३२ करोड दिन सिफारिश गरेको र सम्पूर्ण सम्मेलनभरी सरकारी खर्चमा सोल्टी होटल बसेको मात्र हैन एउटा चर्चको कार्यक्रममा सरकार खुलेर लागेको आरोप ओलीले खेपेका थिए।

सम्मेलनकै अवसर पारेर कम्बाेडिया र ओली सरकारबिच दुई देशलाई सिधा हवाई उडानबाट जोड्ने सहमति पनि भएको थियो।यूनिफिकेशन चर्चका प्रमुख मुन कि पत्नी तथा हाल त्यसको ‘दैवी नेता’ मानिने हक जा मुनबाट ओलीले एक लाख अमेरिकी डलरको ‘गूड गभर्नेन्स’ इनाम ग्रहण गरी त्यसलाई बालबालिका तथा युवाको भलाईका लागि खर्च गर्ने घोषणा सहित सरकारी ढुकुटीमा जम्मा गरेका थिए।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्