Logo
६ जेष्ठ २०८१, आईतबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

 भारत : वित्तिय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । पुलिसका अनुसार ५३ वर्षका शैलेष कुमार सिंह पछिल्लो ३ वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।

पछिल्लो ४ महिनामा उनको स्थिती थप खराब भएको थियो । पुलिसका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छोडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरे ।

शैलेष सिंहका जेठा छोरा पनि जेट एयरवेजमा नै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्