Logo
५ जेष्ठ २०८१, शनिबार
(April 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रख्यात कवि विप्लवबाट सिक्नुहोस् कपाल राम्रो बनाउने टिप्स

काठमाडौं :  नेपाली कविता तथा गीतसँग नजिक हुनेहरुका लागि विप्लव प्रतीक चिनाइरहनु पर्ने नाम होइन । पछिल्लो समय उनको उपन्यास अविजित पनि चर्चामा नै रह्यो । विप्लवको लेखन जति चर्चामा हुन्छ, उनको जीवनशैली पनि बारम्बार चर्चामा आउँछ । झन्, उनको कपाल पनि चर्चामा नै हुन्छ । कतिले त उनलाई चुल्ठे कवि पनि भन्छन् ।

काठमाडौंका यी चुल्ठे कविुलाई हामीले कपाल राम्रो बनाउन वा पाल्न चाहनेलाई केही टिप्स दिन अनुरोध गर्यौँ जसमा उनले भने :

१.  केमिकल हालिएको बजारको तेल लगाउनु हुँदैन ।

२.  शुद्ध तोरीको तेल वा जैतुनका तेल, नरिवलको तेल कपालका लागि एकदमै राम्रो हुन्छ । त्यसैले यसको प्रयोग गर्दा राम्रो ।

३.  राती सुत्नुभन्दा अधि सके सधैं नभए कम्तिमा पनि साताको दुई दिन तेल लगाएर सुत्ने गर्नुहोस् । र, विहान उठेर कपाल राम्रोसँग धुनुहोस् ।

४.  कपाललाई हल्का मसाज गर्नुहोस् । कपाललाई जोड जोडले मसाज नगरी चक्र-चक्र बनाएर मसाज गर्नुपर्छ ।

५.  कपाललाई प्रकृतिले जस्तो दिएको छ त्यस्तै रहन दिनुपर्छ । यसमा आइरन लगाउँदा सधैका लागि बिग्रिन सक्छ । कहिलेकाहीँ कपाल ड्यामेज हुन सक्छ, त्यसैले आइरन लगाउने काम गर्नै हुँदैन ।

६.  रबरव्यान्डले कपाल बाँध्दा कपाललाई हानी गर्छ । त्यसैले कपाल बाँध्दा क्लिपको प्रयोग गर्दा निकै राम्रो हुन्छ ।

७.  कपाल स्वस्थ राख्न सकेसम्म हरियो तरकारी खानुपर्छ, आवश्यकता भन्दा बढी चिल्लो खानुहुँदैन । के खाइन्छ भन्ने कुराले कपाललाई प्रभाव पार्ने भएकाले यसबारे सचेत हुनुपर्छ । फलफूल चाहिँ बढी खाएकै राम्रो हुन्छ ।

८.  कपाल राम्रो बनाउनु छ भने निद्रा पनि राम्रो हुनुपर्छ । त्यसैले कपाल राम्रो बनाउन चाहनेले निद्रामा पनि ध्यान दिनुपर्छ ।

प्रकाशित मिति: Apr 26, 2019

प्रतिक्रिया दिनुहोस्