Logo
२९ बैशाख २०८१, शनिबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार आरोपमा नापी र मालपोतका १७६ कर्मचारी विरुद्ध मुद्दा दायर, को-को परे निलम्बनमा ?

काठमाडौं : देशभरका बिभिन्न जिल्लामा कार्यरत नापी र मालपोतका १७६ कर्मचारी निलम्बनमा परेका छन् । भ्रष्टाचार आरोपमा उनीहरुको निलम्बन गरिएको जनाइएको छ ।

मालापोत कार्यालय धरानका अधिकृत फणीन्द्र भट्टराई र सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालयका सर्वेक्षक योगेन्द्रप्रसाद यादव र खरिदार श्यामप्रसादले भ्रष्टाचार अभियोगमा मंगलबार मात्र अख्तियारको फन्दामा परे ।

यीसँगै भ्रष्टाचार अभियोग लागि पदबाट निलम्बन हुनेमा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतका कर्मचारीको संख्या १७६ पुगेको छ । यीमध्ये मालपोतका १३२ र नापीका ४४ कर्मचारी छन् ।

खरिदारदेखि सहसचिवसम्मका यति ठूलो संख्याका कर्मचारी निलम्बनमा परेपछि अहिले देशभरका मालपोत र नापी कार्यालयमा जनशक्ति व्यवस्थापनमा समस्या आएको छ ।

कुनै बेला कर्मचारीबीच मरिहत्ते हुने मालपोत कार्यालय जाने कर्मचारी पाउन पनि मुस्किल परेको छ । भएका कर्मचारी पनि अन्यत्रै सरूवा खोज्न थालेका छन् । सेवाग्राहीको चाप बढी भएका कार्यालयमा दिनभर कुरेर पनि काम गर्न गाह्रो भएको छ ।

मालपोतको तालुक विभाग भूमि व्यवस्था तथा अभिलेखालयअन्तगर्गत १९ सय ८ दरबन्दी भए पनि अहिले ९३२ कर्मचारीले मात्र सेवा दिइरहेका छन् ।

त्यस्तै, ३ हजार दरबन्दी भएको नापी विभाग मातहत २४ सय ४६ कर्मचारी छन् । व्यक्तिगत स्वार्थका कारण कर्मचारीको आचरणमा विचलन देखिएका कारण आज मालपोत र नापीजस्ता सेवामुखी कार्यालयबाट नागरिकले सेवा पाउन सकिरहेका छैनन् ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्