Logo
६ जेष्ठ २०८१, आईतबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोजाखोज भइरहेको बल जब भेटियो अम्पायरको खल्तीमा

बैंग्लोर :  बैंग्लोरको के एम. चिन्नास्वामी स्टेडियममा बुधवार रोयल चैलेन्जर्स बैंग्लोर र किंग्स इलेवन पंजाबका बीच भएको खेलमा एक रोचक घटना देखियो ।

रोयल चैलेन्जर्स बैंग्लोरको पारीको १४ औँ ओभरपछि बीच मैदानबाट बल गायब भयो । बल हराएपछि सबै जनाले एक-अर्कालाई बलका बारेमा सोध्न थाले । केही समयपछि बल अम्पायरको खल्तीमा भेटियो । पंजाबका कप्तान आर अश्विनले १५ औँ ओभरका लागि अंकित राजपूतलाई पठाए तर, उनले बल पाएनन् ।

बीच मैदानबाट बल गायब भएपछि सबै हैरान थिए । केही खेलाडीहरु बल गायब भएपछि हाँस्न थाले । त्यसपछि फोर्थ अम्पायर बाहिरबाट बल लिएर मैदान प्रवेश गरे । तर त्यस अगाडि नै गायब भएको बल मैदानमा रहेका अम्पायरको खल्तीबाट निस्कियो ।

मैदानमा रहेका अम्पायर केसी शमसुद्दीनले टाइम आउट भन्दा पहिले बललाई आफ्नो खल्तीमा राखेका थिए । ढाई मिनेटको ब्रेकपछि सबै खेलाडी मैदान आए तर अम्पायर यो कुरा बिर्से कि उनले बल खल्तीमा राखेका थिए । मैदानमा घटेको यो घटनाले सबैलाई हैरान पारेको थियो । यो खेलमा बैंग्लोरले पंजाबलाई १७ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्