Logo
५ जेष्ठ २०८१, शनिबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : फलफूलको बोक्राको यस्तो छ गुण

काठमाडौँ :  हामी कुनै पनि फलफूल खान्छौँ तर त्यसको बोक्रा भने फाल्छौँ । ती फालिने फलफूलका बोक्राबाट हुने फाइदा बारे भने धेरै अनविज्ञ नै छौँ । यस्ता फालिने बोक्राहरुमा न्यूट्रिएट्स जस्ता एन्टीओक्सिडेन्ट पाइन्छ, जसले मानिसकोे सुन्दरता बढाउँन सहयोग गर्ने गर्दछ ।

तिनै फालिने बाक्राहरुलाई सुकाएर वा पानीमा घोलेर विभिन्न प्रयोगमा ल्याउन सकिन्छ । हेर्नुहोस् यी पललफूलका बोक्राबाट हुने केही फकइदाहरु :

कागतीको बोक्रा – कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात-खुट्टामा घोट्नाले घामबाट डढेको वा कुनै पनि छालाको कालोपनालाई हटाउँन मद्दत गर्दछ ।

सुन्तलाको बोक्रा – सुन्तलाको बोक्रालाई सुकाएर पिसेर दही मिसाएर अनुहारमा लगाएर १५ मिनेटपछि धुँदा अनुहारमा चमक आउने गर्दछ ।
आलुको बोक्रा – आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुने भएकाले यसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँने गर्दछ ।

केराको बोक्रा – केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कने गर्दछ ।

ओखरको बोक्रा – ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा जति उमालेर त्यसको पेस्ट बनाएर कपालमा लगाउनले यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्ने गर्दछ ।

अनारको बोक्रा – अनारको बोक्रालाई सुकाएर पिस्ने, पिसेको बोक्रालाई पानीमा राखेर मनतातो बनाउने, त्यो मनतातो पानीले कुल्ला गर्नाले घाँटी दुख्ने समस्याबाट राहत मिल्ने गर्दछ ।

काँक्राको बोक्रा – काँक्राको बोक्रा छिलेर मसिनो पारेर पिसेर त्यसलाई १० मिनेट जति आँखाको तल्लो भागमा लगाएर धुने गर्दा ‘डार्क सर्कल’ केहीहदसम्म कम गर्न सकिन्छ ।

लसुनको बोक्रा – लसुनको बोक्रालाई पानीमा उमालेर त्यो पानीलाई मनतातो बनाएर कपाल नुहाउँदा कपाल बढ्ने गर्दछ । (एजेन्सी)

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्