Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको टवींकलमाथि व्यङग्य, मौन बसे अक्षय कुमार

मुम्बई :  बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग १ घण्टा बढीको अन्तरवार्ता लिएका छन् । उक्त अन्तरवार्तामा निजी जीवनबारे पनि खोतलिएको छ । यतिबेला मोदीले विभिन्न रोचक किस्सा सार्वजनिक गरेका छन् ।

अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ट्वीटरमा ट्विंकल खन्नाको पोष्ट हेर्ने गरेको जानकारी दिँदै भनेका छन्ः
‘म सोसल मिडिया पक्कै पनि हेरिरहन्छु । यसमार्फत् बाहिर के चलिरहेको छ, त्यसबारे मलाई थाहा हुन्छ । म तपाईंको र ट्विंकल खन्ना जीको पनि ट्वीटर हेर्छु र कहिलेकाँही यस्तो लाग्छ कि उनले ममाथि जति रिस पोख्छिन्, त्यो हेर्दा यस्तो लाग्छ कि तपाईंको परिवारिक जीवनमा निकै शान्ती छ होला । उनको सबै रिस ममाथि नै पोखिने भएकाले तपाईंलाई आराम र शान्ती मिल्छ होला ।’

मोदीले जब ट्विंकल खन्नाबारे बोलिरहेका थिए, त्यतिबेला अक्षय कुमारले केही पनि बोलेनन् । उनी हाँसीमात्र रहे । टिवंकल धेरैजसो सोसल मिडियामा सरकारको आलोचना गर्दै पोष्ट गरिरहन्छिन् ।

एक पटक ट्विंकलले ‘अच्छे दिन’ माथि एक आर्टिकल शेयर गर्दै लेखेकी थिइन्, ‘अच्छे दिनको नाममा हामी हरेक दिन भारतीय मूर्ख दिवस मनाउँछौं ।’

टिवंकलले हालै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पनि मजाक उडाउँदै ट्वीट गरेकी थिइन् ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्