Logo
२३ बैशाख २०८१, आईतबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइपिएलमा आज मुम्बई भर्सेज पञ्जाब

भारतमा जारी बाह्रौ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रोहित शर्माको कप्तानीमा रहेको टोली मुम्बई इन्डियन्स र रविचन्द्रन आश्वीनको कप्तानीमा रहेको टोली किङ्स-११ पञ्चाबबिच प्रतिस्पर्धा हुने भएको छ।

खेल नेपाली समय अनुसार बुधबार बेलुका ८ बजेर १५ मिनेटमा सुरु हुनेछ। पञ्चाब आफूले खेलेका ६ खेलमध्ये ४ मा जित निकाल्दै ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने मुम्बई खेलेका ५ खेलमा ३ जितसहित ६ अंकका साथ ५औँ स्थानमा रहेको छ।

आइपिएलको हालसम्मको अंक तालिका अनुसार ६ खेल मध्ये ५ मा जित निकालेको महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स १० अंकसहित अंकतालिकाको शीर्ष स्थानमा भने आफूले खेलेका ६ वटै खेल गुमाएको विराट कोहलीको टोली रोयल च्यालेन्जर्स वैंगलोर अंकतालिकाको पुछारमा छ।

मुम्बई इन्डियनमा निता अम्बानी र पञ्जाबमा बलिउड अभिनेत्री प्रीति जिन्टाले लगानी छ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्