Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयुषमान खुरानाको चलचित्र अंधाधुन्धले चीनमा गर्यो शानदार व्यापार

बलिउड अभिनेता आयुषमान खुरानाको चलचित्र अंधाधुन्ध रिलिज भएको छैटौँ दिन चिनियाँ बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको छ ।

फिल्मले चीनमा प्रदर्शन भएको ६ दिनमा १६.६६ मिलियन डलर अर्थात ११५ करोड २२ लाख भारतीय रुपैयाँ बराबरको कारोबार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

उक्त फिल्म चिनियाँ बक्स अफिसमा पियानो प्लेयरको नाममा रिलिज भएको छ। पियानो बजाउने एक दृष्टिबिहीन युवकको कथामा बनेको फिल्मको निर्देशन श्रीराम राघवनले गरेका छन्। फिल्ममा आयुषमान खुराना, राधिका आप्टे र तब्बु को मुख्य अभिनय रहेको छ। अप्रिल ३ मा रिलिज भएको फिल्म चीनका ५ हजार स्क्रिनमा लागेको छ।

भारतमा २०१८ अक्टुबर ५ मा रिलिज भएको चलचित्र भारतीय बक्स अफिसमा ७४ करोड ५९ लाख लाईफटाइम कमाई गरेका थियो।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्