Logo
१७ बैशाख २०८१, सोमबार
(April 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले खटाएका ठाउँमा नजाने चिकित्सकलाई नियमअनुसार कारबाही गरिने : मन्त्री यादव

काठमाडौं : स्वास्थयमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू जानैपर्ने र यसो नभए नियमअनुसार कारबाही गरिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा पत्रकारहरूको प्रश्‍नमा मन्त्री यादवले भने,सरकारले खटाएको ठाउँमा चिकित्सकहरू जानैपर्छ ।सबैभन्दा बढी जनता गाउँमा बसेका हुनाले चिकित्सकहरू गाउँगाउँमै जानुपर्नेमा मन्त्री यादवको जोड छ ।

मन्त्री यादवले भने, म सहरमा मात्रै बस्छु भन्ने यो डाक्टरको माग हुनै सक्दैन । समायोजनमा विमति जनाउँदै सरकारी चिकित्सकहरू चारदिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा छन् ।

प्रकाशित मिति: Apr 8, 2019

प्रतिक्रिया दिनुहोस्