Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणवीरको अपोजिटमा देखिने भइन् पूर्व मिस वल्र्ड मानुषी छिल्लार

मुम्बई : यशराज फिल्म्सको ब्यानर, अनि रणवीर सिंह जस्तो स्टार, फिल्म त्यसै धमकेदार हुने नै भयो । बलिउडमा तीन खान, सलमान, शाहरुख र आमिरपछि रणवीर सिंहको दम छ । सलमान स्वयंले केही समयअघि आमिर र शाहरुखसँगै रणवीरको नाम समेत लिएका थिए ।

त्यसो त रणवीर यस्ता भाग्यमानी अभिनेता हुन्, जसका अधिकांश फिल्म सुपरहिट भएका छन् । उनले निर्वाह गरेका चरित्र पनि उत्तिकै रुचाइएका छन् । दीपिका पादुकोणसँग घरजाम गरेका रणवीरले यसपाली मात्र ‘पद्मावत’, ‘सिम्बा’, ‘गल्ली ब्वाई’ जस्ता एक से एक फिल्म दिए । अब उनी अर्को ठूलो ब्यानर यशराज फिल्म्सले निर्माण गर्ने फिल्ममा व्यस्त हुनेछन् । अहिले भने उनी कबीर खानको फिल्ममा व्यस्त छन् ।

उक्त फिल्ममा रणवीरको अपोजिटमा हुनेछिन्, मानुषी छिल्लार । खबर अनुसार उक्त फिल्म मनीष शर्माले निर्देशन गर्नेछन् । फिल्मका लागि रणवीरले साइन गरिसकेका छन् ।

यो फिल्ममा रणवीरसँग मानुषी छिल्लारले onscreen रोमान्स गर्ने भएकी छिन् । उनीहरुको केमेस्ट्री कति जम्ने छ त ? त्यो भने भविष्यले देखाउँछ । यतिबेला मानुषी फराह खानको फिल्मबाट बलिउड डेब्यु गर्ने तयारीमा छिन् ।

 

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्