Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु हिंसाका सिकार भएका बलिउडका यी केही चर्चित अभिनेत्रीहरु

मुम्बई :  घरेलु हिंसाका सिकार भएका महिलाहरु थुप्रै छन् हाम्रो समाजमा । परिवारभित्रै थुप्रै महिलाहरु हिंसाको सिकार भएका हुन्छन् । महिलाहरु हरेक क्षेत्रमा हिंसाको सिकार हुन वाध्य छन् । भारत तथा नेपालजस्ता देशहरुमा महिलाहरु धेरै नै हिंसाको सिकार भइरहेका हुन्छन् ।

यसैबीच, यसरी हिंसाका सिकार हुने महिलाहरुमा बलिउड अभिनेत्रीहरु पनि पर्छन् । बलिउडमा थुप्रै हिंसाका घटनाहरु बाहिरिएका छन् । जसमध्ये केही चर्चित अभिनेत्रीहरु उनीहरुका प्रेमीबाट कुटिएका इतिहास पनि छन् । उनीहरुको प्रेमसँगै आन्तरिक झगडाले पनि उत्तिकै चर्चा र परिचर्चा पाएको थियो ।

ऐश्वर्या राय 

ऐश्वर्या र सलमानको जोडीलाई बलिउडमा निकै सुन्दर जोडीको रुपमा लिइन्थ्यो । प्रेम प्रसंग सँगसँगै उनीहरुबीचको मनमुटाव र झगडाले पनि उग्र रुप लियो । विस्तारै ऐश्वर्याले सलमानसँगको उठबस कम गर्दै लगिन् त्यसैक्रममा सलमानले ऐश्वर्यालाई धम्की मात्र दिएनन् उनलाई कुटपिट पनि गरेपछि ऐश्वर्याले बाबुआमासँग मिलेर सलमान खानको विरुद्ध एफआईआर दायर गरेकी थिइन् ।

कंगना रनौत

प्रेम सम्बन्धका कारण सबैभन्दा धेरै चर्चामा आएकी नायिका हुन् कंगना रनौत । उनको अभिनेता आदिन्य पञ्चौलीसँग पहिलोपटक नाम जोडिएको थियो । विवाहित अभिनेता आदित्यसँगको प्रेम कंगनालाई भारी पर्यो । उनले आदित्यले शारीरिक यातना दिएको आरोपमा एफआईआर दायर गराएकी थिइन् ।

प्रीति जिन्टा

सन् २००५ मा बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टा नेस भाडियासँग प्रेममा थिइन् । नेस भाडिया आईपीएलमा किङ्ग्स इलेवन पञ्जाबका को-अनर थिए । यी दुवैको प्रेममा दरार पैदा भयो । र एकपटक सार्वजनिक कार्यक्रममा सवैको अगाडि थप्पड लगाए । त्यसपछि दुवै एक अर्कासँग छुट्टिए ।

करिश्मा कपूर

बलिउडकी सुन्दर अभिनेत्री करिश्मा कपूरले सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग बिहे गरिन् । उनले घरेलु हिंसा गरेको आरोपमा सन् २०१२ मा सञ्जयसँग सम्बन्धविच्छेद गरिन् ।

श्वेता तिवारी

टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी र उनका पूर्वपति राजा चौधरीको बीचमा धेरै झगडा भएको थियो । श्वेतालाई राजाले रक्सीको नसामा धेरैपटक शारीरिक चोट दिएको बताउँदै उनले २०१२ मा सम्बन्धविच्छेद गरिन् ।

प्रकाशित मिति: Apr 7, 2019

प्रतिक्रिया दिनुहोस्