Logo
१७ बैशाख २०८१, सोमबार
(April 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाईराख्नुहोस् ! पाठेघरको मुखको क्यान्सर हुने लक्षण

काठमाडौँ : अधिकांश महिलाहरुमा देखिने पाठेघरको मुखको क्यान्सर अग्रस्थानमा रहेको छ । पाठेघरको मुखको क्यान्सर भनेको उक्त अंगमा अनियन्त्रित कोषिकाहरुको वृद्धि हुनु हो ।

कसरी हुन्छ ?
पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि एक प्रकारको भाइरल संक्रमण यसको मुख्य कारण तत्व मानिन्छ । ह्युमन पापिलो नामको किटाणुका केही प्रजाति यसको प्रमुख कारण हुन् ।

यसैगरी शारीरिक सरसफाइमा ध्यान नदिनाले, धेरै जनासँग शारीरिक सम्पर्कमा राख्नाले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्यत पु¥याउँछ ।

जोखिमका कारणहरु :

-परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर भएको (वंशानुगत)

-प्रजनन् सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्दछ । विशेषगरी ३० वर्षदेखि ६० वर्ष उमेरका महिला जसको विवाह भएको अथवा शारिरीक सम्पर्क भएको महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।

– सानै उमेरमा विवाह भएको र धेरै सन्तान जन्माएको महिलालाई यो रोग लाग्ने सम्भावना हुन्छ ।

-यौन व्यवसाय गर्ने महिलामा पनि यो रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

लक्षणहरु :

पाठेघरको क्यान्सर सबै व्यक्तिमा एउटै लक्षण हुन्छ भन्ने हुँदैन । व्यक्ति अनुसार फरक-फरक लक्षण हुन सक्दछ ।

-सुरुवातमा धेरै गन्हाउने पानी बग्ने, र पानीसँगै रगत मिसिएको हुनसक्छ । सँगसँगै पटकपटक इन्फेक्सन भइराख्ने पनि हुनसक्छ ।

– महिनावारी नभएको बेलामा पनि रगत देखापर्ने पाठेघरको मुखको क्यान्सरको लक्षण हो ।

– महिनवारी बन्द भइसकेको महिलामा फेरि रगत देखा परेमा पाठेघरको मुखको क्यान्सर भएको होकी भन्ने शंका पनि गर्न सकिन्छ ।

– क्यान्सर धेरै फैलिसकेको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने हुन्छ । साथै दिसा पिसाबमा पनि समस्या देखा पर्न सक्छ ।

रोकथाम :

पाठेघरको मुखको क्यान्सरका रोगथामको लागि समय-समयमा आईभिएफ परीक्षण गर्नुपर्छ । गर्भाशय श्राव परीक्षण गर्दा गर्भाशयको क्यान्सर शुरुमै पहिचान गरेर उपचार गर्न सकिन्छ ।
– सन्तुलित भोजन ९फलफूल, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।

– दैनिक शारीरिक क्रियाकलाप गर्ने, सानो उमेरमा विवाह नगर्ने र धेरै सन्तान नजन्माउने ।

– हेपाटाइटीस बी विरुद्धको खोप लगाउने र ह्युमन प्यापिलोमा भाइरस खोप लगाउनाले पनि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

-गन्हाउने पानी बग्ने, महिनावारी अनियमित हुने, महिनावारी बन्द भइसकेको महिलाहरुमा पुनः रगत देखा पर्ने, यौन सम्पर्क पछि रगत देखा पर्ने जस्ता लक्षण देखा परेमा परीक्षण गर्नु जरुरी हुन्छ ।

प्रकाशित मिति: Apr 6, 2019

प्रतिक्रिया दिनुहोस्