Logo
२३ बैशाख २०८१, आईतबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी निमावलीमा चलखेल, डीआईजी बढुवा अलपत्र

काठमाडौं : अघिल्लो पटक भएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवामा केही प्रहरी अधिकारीलाई अन्याय भएको भन्दै फेरि प्रहरी निमावलीमा चलखेल बढेको छ । विगतमा एआईजीका लागि आफ्नो दाबा राख्दै आउनु भएका प्रहरी अधिकारी मनोज न्यौपाने र सुरेशविक्रम शाहलाई डीआईजीमै पाखा लगाएर पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई पदोन्नति दिइएकोा थियो ।

अहिले पुन: न्यौपाने र शाहकै लागि पुन: प्रहरी नियमावलीमा संशोधनको तयारी गर्न थालिएको प्रहरी स्रोतले बताएको छ । कुनै बेला ११ वटा सम्म रहेको एआईजीको दरबन्दी घटाएर पाँच जनामा सीमित गर्ने गरी गत २०७५ जेठ २५ गते प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नियमावली संशोधनको प्रस्ताव लगेकोमा गृहले प्रहरी प्रधान कार्यालयको सिफारिसमा समेत कैंची चलाउँदै तीन जनामात्रै रहने गरी नियमावली संशोधन गरेको थियो ।

अहिले पुनः एआईजीको दरबन्दी पाँच जना नै बनाउने गरी काम सुरु गर्न लागिएको स्रोतको दाबी रहेको छ । विगतमा भएको एआईजीको पदोन्नतिका क्रममा आफूहरु अन्यायमा परेको भन्दै न्यौपाने र शाहले शक्ति केन्द्रका ढोका ढक्ढक्याउन थालेपछि उहाँहरुकै माग बमोजिम पनि प्रहरी नियमावली संशोधन गर्नु पर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेकै कारण पनि यो सम्भव हुने भएको बताइन्छ ।

हालको प्रहरी नियमावली अनुसार दुवै डीआईजीको कार्यकाल दस महिनामात्र हुनेछ । तर, न्यौपाने र शाहले भने कुममा फुली थप्ने आशा मार्नु भएको छैन । प्रदेशमा समेत एआईजीको दरबन्दी हुने गरी केही डीआईजी लबिङमा लागेका कारणले पनि न्यौपाने र शाहको यतिबेला आशा बढेको हो । यसका लागि दुवै अधिकारीले सरकारका प्रभावशाली व्यक्तिलाई समेत प्रभावमा पारेको बुझिन आएको छ । त्यसैले यी दुई जनाकै लागि भए पनि नियमावली परिवर्तन गरी एआईजीको दरबन्दी थप्ने प्रयास थालिएको छ । यता, डीआईजी बढुवा अलपत्र परेको छ ।

दरबन्दी एउटा मात्र रहेको र आकांक्षी धेरै भएकाले फाइल थन्किएको हो । फाइल उठाउन भावी आईजीपी बन्ने सम्भावित एसएसपीहरु दौडधुपमा छन् । अब एआईजीको दरबन्दी बढेर बढुवा भएमा थप डीआईजीको दरबन्दी सृजना भई बढुवा हुनेको संख्या बढ्न सक्छ । दरबन्दी थप्न प्रम केपी ओली तयार नभएको बुझिएको छ । तर, उहाँलाई आसेपासेले सम्झाउने प्रयास गरिरहेका छन् । कसैको स्वार्थमा प्रहरी नियमावली परिवर्तन गर्नेदेखि दरबन्दी थप्नेसमम्मका गतिविधि हुँदै आएका छन् । यसमा आर्थिक चलखेल हुने गरेको विषय बेला बेलामा उठ्ने गर्छ ।

शेरबहादुर देउवा प्रम बन्दा एआईजीको दरबन्दी धेरै वटा राखिएको थियो । यसका पछाडि आर्थिक चलखेल रहेको विषय खुले । यतिसम्म कि सशस्त्र प्रहरी बलमा पाँच जना एआईजीको थप दरबन्दी सृजना गरी बढुवा दिइयो । मन्त्रिपरिषद्को उक्त निर्णय उल्ट्याउन सरकार लागेपछि बढुवा भएका एआईजीहरु हतार हतार राजीनमा दिन बाध्य भए । उमेर र सेवावधि हुँदै राजीनामा दिएका अधिकृतहरु अहिले निराश भएका छन् । उनीहरुो करिअर बिगारिदिएको विषयले सशस्त्र प्रहरीभित्र चर्चा पाउने गर्छ, विमर्शमा उल्लेख छ ।

सशस्त्र प्रहरीका हालका आईजीपी शैलेन्द्र खनालले दरबन्दी बढाउने मन्त्रिपरिषदे पुरानो निर्णय उल्टाउन भूमिका खेल्नु भएको थियो । उहाँकै कारण बढुवा भएका अधिकृत राजीनामा दिन बाध्य भएका थिए ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्