Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलिया- वरुणको ‘कलंक’ को भयो ट्रेलर रिलिज (भिडियो सहित)

एजेन्सी : प्रतिक्षित बलिउड चलचित्र ‘कलंक’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका सम्पूर्ण क्यारेक्टरलाई देखाउदै हिजो ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा त्रिकोणात्मक प्रेम देखाईएको छ । फिल्मकी लिड नायिका आलिया भट्टको लागी अभिनेता वरुण धवान र अदित्य रोय कपूरको संघर्ष फिल्ममा देखाईएको छ । वरुण आलियाका प्रेमी र आदित्य पतिको भूमिका रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

फिल्ममा सन्जय दत्त, माधुरी दिक्षीत, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर , आलीया भट्ट र वरुण धवन लागायतको लीड रोल रहेको छ । मल्टिस्टारर यस फिल्म आउँदो अप्रिल १७ देखी रिलीज हुदैछ भने फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्