Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका यी वीर गोर्खालीको सम्मानमा बायोपिक बनाउँदै भारत

लामो समय देखि भारतीय सेनामा नेपालीहरुको आफ्नो विरता देखाइरहेका छन् । भारतले गोर्खा सैनिकहरुको सम्मानमा अनेक कार्यक्रम गर्ने गरेको छ ।

विष्णु श्रेष्ठको जीवनीबारे बलिउड फिल्म बन्ने भएको छ । भारतीय चर्चित गायक हिमेश रेशमियाले उक्त फिल्म बनाउने भएका हुन् । गोर्खा सैनिक विष्णुको बायोपिक बनाउनका लागी उनले राइट्स समेत लिइसकेका छन् ।

नेपालको पर्वत जिल्लामा जन्मिएका श्रेष्ठले सन् २०१० मा गरेको एक महान कामले गर्दा भारतका जनताले उनलाई अझैसम्म पनि सम्झने गर्दछन् । अब उनैको कथामा फिल्म बन्ने भएको हो । उक्त फिल्मको कास्ट भने फाइनल भएको छैन । सन् २०१० को सेप्टेम्बर २ तारिखमा ३५ वर्षे गोर्खा सैनिक श्रेष्ठले एक रेलमा ठुलो चोरीबाट यात्रुलाई एक्लै जोगाएका थिए ।

यो घटना तब घट्यो जब उनी मौर्य एक्सप्रेसमा गोरखपुरबाट राँची गइरहेका थिए । लुटेराले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थालेपछि उनले एक्लै ती लुटेराको सामना गरेका थिए । गोर्खाली खुकुरीको प्रयोग गरी उनले यात्रुहरुको ४ लाख नगद, सुनका गरगहना, मोबाइल , ल्यापटप लगायतका सामग्री जोगाएका थिए । घटनामा ३ डाकाको ज्यान गएको थियो भने आठ जना घाईते भएका थिए ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्