Logo
२ जेष्ठ २०८१, बुधबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकुमारीबाट सञ्चालन हुँदै आएको रक्तसञ्चार सेवा कार्यालय अब कालिमाटीमा

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरु आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुने भएको छ । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको उक्त सेवा आईतबारदेखि कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुन लागेको हो ।

२०७२ साल बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पौषदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट सेवा सञ्चालन हुँदै आएको थियो । ‘सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने काम चैत १७ गते आइतबारदेखि यो नयाँ सेवा भवन कालिमाटीबाट नै हुनेछ ’ रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि साेहि स्थानबाट हुने रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्