Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रिक्सा चालकले सडकमै पुलिसलाई निर्घात कुटेपछि (भिडियोसहित)

मंगलबार भारतको बिहारमा तैनाथ एक ट्राफिक प्रहरीले रिक्सा चालकलाई गलत दिशाबाट चलाउन रोक्दा उनले आफ्ना साथीसँग मिलेर पुलिस जवानलाई सडकमा दौडाई-दौडाई अन्धाधुन्ध कुटे सँगै चालकका साथीहरुले पुलिसामाथि ढुङ्गा हानाहानसमेत गरे ।

घण्टौंसम्म सडकमा हंगामा भइरह्यो र मानिसहरु आफ्नो ज्यान बचाउन भागिरहे । कसैले पनि पुलिस जवानलाई बचाउने कोसिस गरेनन् । हमलामा होमगार्ड जवान अनिल कुमार गम्भीर रुपमा घाइते भएका छन् । उनको टाउको फुटेको छ । उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय मिडिया जागरणका अनुसार शिवनाथ झासहित थुप्रै ट्राफिक प्रहरीले नजिकैको पाँच तल्ले भवनको छतमा लुकेर ज्यान जोगाए ।
स्रोतका अनुसार यसको सूचना ट्राफिक प्रहरीका साथै डिएसपीलाई पनि दिइयो । तर निकै अबेरसम्म कोही अधिकारी पुगेनन् । हमलाकर्ताले पुलिसलाई निर्घात कुटेर भागिसकेपछि पुलिस घटनास्थल पुगे ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्