Logo
२ जेष्ठ २०८१, बुधबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगानी सम्मेलनका सहभागीको उपचारका लागि ६ अस्पतालको आकस्मिक कक्ष र एम्बुलेन्स तयारी अवस्थामा

काठमाडौँ : लगानी सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचार गर्ने जिम्मा काठमाडौंका ६ वटा अस्पताललाई दिइने भएको छ ।

चैत १५ र १६ गते काठमाडौमा हुनलागेको विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणका लागि आधारशीला तयार पार्ने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता नेपाल आउने भएका छन् । सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचारको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको छ ।

सम्मेलनमा आउने पाहुनाहरुको स्वास्थ्यमा कुनै समस्या देखिएको खण्डमा मन्त्रालयको नेतृत्वमा उपचारका लागि ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिने स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइ प्रमुख चुडामणी भण्डारीले जानकारी दिए । ईकाइ प्रमुख भण्डारीले भने, ‘६ वटा अस्पतालको आकस्मिक कक्ष र एक एम्बुलेन्स तयारी अवस्थामा राख्न अस्पतालहरुलाई पत्र पठाइसकेको छ ।’

उनका अनुसार वीर अस्पताल, सैनिक अस्पताल, निजामति अस्पताल,त्रि।वि शिक्षण अस्पताल टिचिङ र प्रहरी अस्पताललाई लगानी सम्मेलनमा स्वास्थ्य सेवाको लागि तयारी अवस्थामा राखिनेछ ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्