साफ महिला च्याम्पियनसिपमा नेपालको सपना फेरि अधुरै, पाँचौं पटक भारतलाई उपाधि
काठमाडौँ : साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै को हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।
घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् । त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् । तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।
पाँचौ सफको उपाधि पनि भारतले नै कब्जा गरेको हो । यो सँगै नेपाल भारतसँग सफको फाइनलमा पुगेर चौथो पटक पराजित भएको छ ।नेपाल साफका सबै संस्करणमा भारतसँगै पराजित भएको छ । पाँच मध्ये चार संस्करणमा फाइनल खेलेको नेपालको साफ जित्दै इतिहास रच्ने मौका फेरि पनि गुमाउन पुग्यो ।
विराटनगरको शहीद रंगशालामा शुक्रबार भारतले ३/१ गोलले नेपाललाई निराश बनायो । खेलको पहिलो हाफ बराबरी भएपनि दोश्रो हाफमा भारतले दुई गोल थप्यो । खेलको सुरुवातमा नेपालले दबाब कायम गरेपनि २६ औं मिनेटमा पछि परेको थियो । तर पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर दोश्रो हाफमा भारत हाबी भयो ।
नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब बढायो । ६२ औं मिनेटमा ग्रेस डाङमाले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । ७७ औं मिनेटमा भारतले शग्रता बढायो । भारतका लागि अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोहोर्याइन् ।
त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३-१ गोलले विजयी भयो । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।