Logo
६ जेष्ठ २०८१, आईतबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा अध्यक्षहरुको आपसी बाँडफाँडमा हटाइएका ५ कर्मचारी पुनः नियुक्त, महतोले दिएन नाम

काठमाडौं : राजपा नेपालद्धारा गत दशै लगतै हटाइएका ५ कर्मचारी पुनः नियुक्त भएका छन् । मंगलवार बसेको राजपा नेपालको बैठकले हटाइएको ५ कर्मचारीलाई पुनः नियुक्त गर्ने निर्णय गरेका छन् ।

प्राप्त जानकारी अनुसार पार्टीका ६ अध्यक्षले आपसी बाँडफाँडमा पुनः कर्मचारी नियुक्त गरेका छन् । नियुक्त हुनेहरुमा प्रदिप पाठक, सुरेन्द्र मण्डल, रजिन्त झा, अभिषेक कर्ण, राम पुकार साह रहेका छन ।

राजेन्द्र महतोले अहिले सम्म आफनो तर्फबाट कसैको नाम प्रस्ताव गरेका छैन । यस अघि पार्टी कार्यालयमा कर्मचारी आर्थिक हिनामिना गरेको आरोप लगाए पछि दशैंको तलव दिएर तत्कालिन संयोजक महन्थ ठाकुरले बिदा गरेका थिए ।

तर पच्छिलो समय कर्मचारीहरुले पुनः नियुक्त पाउनुपर्ने माग सहित पार्टी माथि दवाव दिदैं आएका थिए । महतोको नेतृत्वको तत्कालानि सदभावना पार्टीका कार्यालय सचिव राजेश चौधरी पछिल्लो समय महतोको स्वकीय सचिवबाट राजिनामा दिएको बताएका थिए ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्