Logo
६ जेष्ठ २०८१, आईतबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वडीआईजी पार्वती थापा राजनीतिमा, फोरम गरिन् प्रवेश 

काठमाडौं : नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन् । विभिन्न पेशा-व्यवसायमा आवद्ध व्यक्तिहरु राजनीतिमा प्रवेश गर्ने क्रम चलिरहेका बेला थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् । प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन् ।

सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् । संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।

पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन । नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले उनलाई पछि पार्दै महानिरीक्षकमा बाजी मारेका थिए ।

यसबाट इतिहास रच्ने अवसरको नजिक पुगेर पनि थापा बञ्चित बनिन् । पछि उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् । तर समयक्रममा उनै थापा राजनीतिमा प्रवेश गरेकी छन् । राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुको कारणबारे थापाले केही खुलाएकी छैनन् ।

प्रहरी सेवामा रहेर दल प्रवेश गर्ने शिलशिला केही समयदेखि जारी छ । पूर्वप्रहरी महानिरीक्षकलगायतका पद सम्हालेकादेखि महत्त्वपूर्ण जिम्मेवारी लिएका व्यक्तिहरू दल प्रवेश गरेर सार्वजनिक पद धारण गरिरहेका छन् । यसअघि मात्रै डीआईजी नवराज सिलवाल नेकपा प्रवेश गरेका थिए । तत्कालीन एमालेबाट ललितपुर-१ मा उम्मेदवारी दिएका सिलवाल हाल संघीय संसदका सांसद् छन् ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्