Logo
६ जेष्ठ २०८१, आईतबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन महिनापछि प्रदेश नं ३मा सभा बैठक बस्दै

हेटौँडा : प्रदेश ३ को सभा बैठक तीन महिनापछि बस्ने भएको छ। प्रदेशको स्थायी राजधानी र नामकरणको विषयका कारण लामो समयदेखि बस्न नसकेको प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ गते बस्ने भएको हो।

स्थायी राजधानी तोक्ने र नामकरण गर्ने विषयमा सदनमा रस्साकस्सी भइरहेको समयमा पुस १२ गते प्रदेशसभाको बर्खे अधिवेशन स्थगन भएको थियो। प्रदेश ३ सरकारले प्रदेश प्रमुख अनुरोध कोइरालालाई हिउँदे अधिवेशन डाक्नका लागि शनिबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आग्रह गरेको थियो । सोमबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको थियो ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले चैत १७ गतेका लागि बैठक डाक्ने निर्णय गरिएको समितिका सदस्य तथा प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए। समितिको बैठकले प्रदेशसभाको एजण्डाबारे अझै टुंगो लगाएको छैन।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्