Logo
६ जेष्ठ २०८१, आईतबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताले दवाव दिइरहँदा पनि निजगढ विमानस्थल निर्माणमा सरकारले चासो नदिएको आरोप

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणको कामलाई अघि बढाउन स्थानीय जनताले दवाव दिइरहँदा पनि सरकारले चासो नदिएको बताएका छन् ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले विमानस्थल निर्माणको काम सुरु गर्न सरकारले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माणका लागि प्रभावित क्षेत्रका जनताको उचित बसोबासको व्यवस्था गर्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । उनले रन वे निर्माणका लागि सो क्षेत्रको जग्गा अधिग्रहणको काम सम्पन्न गर्न सरकारले ढिलाई नगर्न नहुने पनि स्पष्ट पारे ।

स्थानीय जनतासँग आवश्यक परामर्श गरेर सो विमानस्थल निर्माण कार्यलाई सहज ढंगले अघि बढाउन सरकारलाई वरिष्ठ नेता नेपालको सुझाव छ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्