Logo
९ जेष्ठ २०८१, बुधबार
(March 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहलाई भूमिगत बनाउन सरकारले वार्ताको ढोका बन्द गरेको आरोप

बुटवल : नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने काम गरेको आरोप लगाउँदै बार्ताको ढोका खोल्न र सो पार्टीलाई पनि शान्तिको मार्गमा आउन आग्रह गरेका छन् ।

उनले सरकारले पनि वार्ता संवादकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने धारणा राख्दै अव मुलकले हिंसा नहन नसक्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणसंग नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सरकारले संवाद र छलफलको ढोका बन्द गरेर जवरजस्त भूमिगत बनाउने काम गर्न नहुने बताए ।

उनले भने, ‘सरकारबाटै विप्लव नेकपालाई जवरजस्त भूमिगत बनाउने काम भएको छ ।’ विप्लव पनि विद्रोह छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्ने र सरकारले पनि शान्तिको बाटो बन्द गर्न नहुने उनको भनाई थियो ।

मुलुकको एकता र अखण्डता प्रतिकुल हुनेगरी गतिविधि गर्दै आएका सिके राउत मुल धारको राजनीतिमा आउनु राम्रो भएपनि सरकारसँगको सम्झौता पछि पनि पुरानै गतिबिधि गर्नुले आशंका उत्पन्न गराएको बताए ।

प्रकाशित मिति: Mar 16, 2019

प्रतिक्रिया दिनुहोस्